राष्ट्रिय खेलकुदमा आज विभिन्न १७ खेल हुँदै

वैशाख १०, २०७६ | काठमाडौं

– आठौं राष्टिय खेलकुद प्रतियोगीतामा आज १७ खेलका बिभिन्न स्पर्धामा प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगीता सकिन २ दिनमात्र बाँकी रहँदा आज थप १२ खेल सकिनेछन् । प्रतियोगीताको अन्तिम दिन भोली ५ खेलका फाईनल स्पर्धा सम्पन्न हुनेछन् । आज तेक्वान्दो, कराँते, महिला–पुरुष फुटबल तथा भलिबल, क्रिकेट, उसु, महिला–पुरुष ह्याण्डबल, आईटीएफ तेक्वान्दो, सफ्ट टेनिस, महिला क्रिकेट तथा खोखोको महिला र पुरुषका स्पर्धा सम्पन्न हुनेछन् । 

खजुरामा भलिबलका सेमिफाईनल र फाईनल चरणका खेल सुरु भएका छन् । 

अन्तिम दिन भोली महिला पुरुष फुटबलको फाइनल, सुटिङ, पुरुष क्रिकेटको फाइनल र पौडीका खेलहरु हुनेछन् । 

आठौ राष्टिय खेलकुद प्रतियोगीताको समापन उपराष्टपति नन्द बहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने भनिएपनि कार्यब्यस्तताका कारण उपराष्ट्रपति पुनले समापन गर्ने राष्टिय खेलकुद परिषद राखेपले जनाएको छ ।

 


प्रतिक्रिया