एएफसी कप ः मनाङको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६ | काठमाडौं

एएफसी कप फुटबल प्रतियोगितामा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दीको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । होम गेम अन्तर्गत ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको आफ्नो चौथो खेलमा मनाङले भारतको आई लिग बिजेता मिनेर्वा पञ्जावसँग १–१ को बराबरी गर्दै अंक बाँड्यो ।

बराबरीसँगै ४ खेलबाट २ अंक बटुलेको मनाङ तालिकाको पुछारमा छ । मिनेर्वाको ४ खेलबाट ४ अंक छ । यसअघि मिर्नेवासँगको अवे खेलमा बराबरीको नतिजा निकालेको मनाङले बाँकी २ खेलमा हार भोगेको थियो । पहिलो हाफको ३९ औँ मिनेटमा मोईराङथेम ताईवा सिंहले गोल गर्दै मिनेर्वालाई अग्रता दिलाएपनि खेलको ८१ औँ मिनेटमा सहिद अजिजले मनाङका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा दोहोरो पँहेलो कार्ड खाँदै प्रतिक जोशी मैदान बाहिरिपछि मिनेर्वा १० खेलाडीमा सिमित बन्यो । खेलपछिको पत्रकार सम्मेलनमा मिनेर्भाका प्रशिक्षक सचिन तनाजी बडाढेले रेफ्रिीको गलत निर्णयका कारण हार भोग्नु परेको भन्दै आक्रोश पोखे । यसबारेमा एफसी र फिफामा समेत उजुरी गर्ने भन्दै खोलाडीको प्रर्खशनबाट भने आफु सन्तुष्ट रहेको बताए ।  यता मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले रणनिति अनुसार खेलाडीले प्रदर्शन गर्न नसक्दा विपक्षी टोलीलाई दबाब दिन नसकिएको बताए । मनाङले आगामी जुन २६ मा गृह मैदानमा भारतको चेन्नईयन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।  

 


प्रतिक्रिया