शहिद स्मारक सी डिभिजन छनोटमा ३८ टोलीले प्रतिस्पर्धा गर्ने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | काठमाडौं

शहिद स्मारक सी डिभिजन छनोटमा मोफसलका १० टोलीसहित ३८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका अनुसार लिगमा ३८ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा सहभागी हुने ३८ टोलीलाई १२ समुहमा विभाजन गरिएको छ । झण्डै ४ वर्षपछि हुन लागेको लिगमा यसपटक सर्लाही, पर्सा, मकवानपुर, बारा, नवलपरासी, सर्लाही, नुवाकोट, काभ्रे, खोटाङ र ओखलढुङगाका टोली सहभागी भएको एन्फाका लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए ।

एन्फाले पहिलो पटक लिगकम नकआउटका आधारमा लिग सञ्चालन गर्न लागेको मिश्रले बताए । 

लिग चरणका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा मैदान र बुद्धि विकास खेल मैदानमा हुने प्रवक्ता एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । लिगमा  शिर्ष ३ मा रहने टोली सी डिभिजनमा बढुवा हुनेछन् । लिगको लागि एन्फाले तयारी स्वरुप ५ वटा बल दिनेछ । आगामी जेठ ७ गतेबाट सुरु हुने लिग असार ३ सम्म चल्नेछ ।  


प्रतिक्रिया