प्रधानमन्त्री कप जेठ १० मा हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

- एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मिति फेरि सरेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनले काठमाडौमा आज पत्रकार  सम्मेलनमा जर्सी र खेलतालिका सार्वजनिक गर्दै प्रतियोगिताको मिति पुनः सरेको जानकारी दिएको हो । जेठ १ गतेबाट गर्ने भनिएपनि यसअघि मिति सरेर जेठ ८ मा हुने भनिएको प्रतियोगिता अब १० गतेबाट सुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र प्रदेश २ तथा नेपाल पुलिस र प्रदेश १ भिड्नेछन् । प्रतियोगितामा सहभागी ७ प्रदेश र ३ विभागीय टोलीलाई २ समुहमा विभाजन गरिएको छ । समुहका शिर्ष २ टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान मोटरसाईकल तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि खेल मैदान र मुलपानी खेल मैदानमा हुनेछ । 

 


प्रतिक्रिया