एसिया कप हृवीलचियर क्रिकेट प्रतियोगितामा पाकिस्तान विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

- एसिया कप हृवीलचियर क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले उचालेको छ । काठमाडौको कीर्तिंपुरस्थित  त्रिवि त्रिकेट मैदानमा आज भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गर्दै उपाधिसँगै ६० हजार रुपैयाँ हात पारेको छ ।

 उपविजेता बनेको भारतले ३० हजारमा चित्त बुझायो । प्रतियोगीतामा प्लेयर अफ दि सिरिज पाकिस्तानका मुहम्मद लतिफ, पाकिस्तानकै मुहम्मद लतिफ उत्कृष्ट ब्याट्सम्यान र भारतका सौरव मलिक उत्कृष्ट बलर घोषित भए । त्यसअघि भारतले दिएको २ सय ११ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका मुहम्मद लतिफ १ सय ५६ रनमा नटआउट रहे । ६८ बलको सामना गरेका उनले २७ चौका र ५ छक्का प्रहार गरे । भारतका सौरव मलिकले २ विकेट लिए ।  टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रनको योगफल तयार पारेको थियो । भारतका सौरव मलिक १ सय ४ र निकुल प्रजापति ६३ रनमा नटआउट रहे । 


प्रतिक्रिया