प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आज सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आज सुरु हुँदैछ । राजधानीको त्रिवि तथा मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगीता आगामी जेठ २५ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा केहिबेरपछि त्रिभुवन आर्मी र प्रदेश २ बिच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित क्रिबि त्रिकेट मैदानमा अहिले प्रतियोगिताको उद्घाटन सत्र चलिरहेको छ । औपचारिक कार्यक्रम सकिएपछि आर्मी र प्रदेश २ बिचको उद्घाटन खेल सुरु हुनेछ । आजै राजधानीको मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस र प्रदेश १ बिच प्रतिस्पर्धा हुने तय भएपनि मैदानको निर्माण नसकिएकाले सो खेल भने स्थगीत भएको छ ।

मुलपानीमा हुने खेलहरु आईतबारबाट मात्र सुरु हुनेछन् । नेपालय ईन्टरनेशनलको ब्यबस्थापनमा हुने प्रतियोगितामा सातै प्रदेश र ३ बिभागिय गरि १० टोली सहभागि छन् । टोलीलाई २ समुहमा बिभाजन गरि राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

समुह एमा बिभागिय शसस्त्र प्रहरीको एपीएफ, प्रदेश ५, ३ तथा सुदुर पश्चिम र गण्डिकी प्रदेश रहेका छन् । समुह बीमा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश १, २ र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको उपाधि बिजेताले २० तथा उपबिजेताले १० लाख रुपैया हात पार्नेछन् । 


प्रतिक्रिया