एन्फा एकेडेमी पुनः सञ्चालन हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | विराटनगर

पाँच वर्षअघि बन्द भएको सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको पुनः सञ्चालनमा आउने भएको छ । एन्फा टेक्निकल सेन्टरलाई स्तरवृद्धि गरी व्यवस्थित बनाएर जेठ तेस्रो साताबाट सञ्चालन गर्न लागिएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाको संलग्नतामा अनियिमतता भएको सार्वजनिक भएपछि उनी विरुद्ध उपाध्यक्ष किशोर राई र कर्माछिरिङ शेर्पा समूहले आन्दोलन गरेको थियो । त्यही आन्दोलनपछि रकम निकासा रोकिएपछि एकेडेमी बन्द भएको थियो ।

गत वर्ष कर्माछिरिङ नेतृत्वको नयाँ टिम आएसँगै भने एकेडेमीले निरन्तरता पाउने भएको हो । एकेडेमी पुनः सञ्चालन गर्न भौतिक संरचना निर्माण, रंगरोगन तथा प्राविधिक कामहरु अन्तिम चरणमा रहेको एन्फा मानार्थ उपाध्यक्ष एवं एन्फा टेक्निकल सेन्टरका संयोजक किशोर राईले बताउनुभयो ।

सो एकेडेमीमा एन्फाबाट छनोट भएका २६ जना र स्थानीय कोटाबाट ४ जना गरी ३० जना खेलाडीहरु रहनेछन् । 


प्रतिक्रिया