युईएफए सुपर कप फुटबलको उपाधी लिभरपुललाई 

श्रावण ३०, २०७६

- युईएफए सुपर कप फुटबलको उपाधी लिभरपुलले जितेको छ । आज बिहान सकिएको खेलमा चेल्सीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै लिभरपुलले सिजनको पहिलो उपाधी हात पारेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि उपाधी विजेताको टुंगो टाईब्रेकरबाट भएको थियो ।

लिभरपुलका दोस्रो रोजाईका गोलरक्षक एड्रियनले टमी अब्राहमको पेनाल्टि रोक्दै टोलीलाई उपाधी दिलाएका हुन् । ३६ औँ मिनेटमा ओलिभर जिराउडको गोलबाट चेल्सीले अग्रता बनाएपनि ४८ औँ मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई बराबरीमा पुर्‍याएका थिए । उनैले ९५ औँ मिनेटमा गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनाएको थियो ।

अतिरिक्त समयमा चेल्सीले पाएको पेनाल्टीलाई जर्जिन्होले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्‍याएका थिए । ५३ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलले दर्जन अवसर पाएपनि ती अवसरको सदुपयोग गर्न सकेन् । चेल्सीका पनि आधा दर्जन अवसर पनि खेर गएका थिए ।  

 


प्रतिक्रिया