पाथीभरा गोल्डकप : ताप्लेजुङ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपमा आज आयोजक र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । ताप्लेजुङ सदरमुकामस्थित स्थानिय भानुजन उच्च माविको खेल मैदानमा दिउँसो २ बजेपछि यी २ टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको विजेताले क्वार्टरफाईनलमा मोरङकै डाँगीहाट क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन रेडहर्ष क्लब ईलामले ताप्लेजुङको पोमु केछाङलाई ३–० ले हराउदै अन्तिम आठमा प्रबेश गरेको थियो । लाखे जात्रा आयोजक कमिटिको आयोजनामा जारी प्रतियोगितामा १ विदेशीसहित १० टोली सहभागी छन् ।

गोल्डकपको विजेताले ३ लाख ११ हजार नगदसहित ३ तोला सुन र ५ केजी चाँदीजडित ट्रफि पाउनेछ । उपविजेताले १ लाख ५१ हजारमा चित्त बुझाउनेछ । 


प्रतिक्रिया