पाथीभरा फुटवलमा आज मोरङका दुई टिम भिड्दै

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मोरङका दुई क्लवबीच प्रतिस्पर्धा हुँदैछ । आयोजक ताप्लेजुङ ११ लाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको बेलबारी फुटवल क्लवले बाई पाएको डाँगीहाट क्लवसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ताप्लेजुङ सदरमुकामस्थित स्थानिय भानुजन उच्च माविको खेल मैदानमा दिउँसो साँढे २ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहनेछन् । आजको खेलमा दुबै टोलीले राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी मैदानमा उतार्ने तयारी गरेका छन् । 


प्रतिक्रिया