मेन्स भलिबलमा अफगानिस्तानको पहिलो जित

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | लतिलपुर

एभीसी एसियन सिनियर मेन्स भलिबल च्याम्पियन्सिपमा अफगानिस्तानले पहिलो जित निकालेको छ । दक्षिण एशियलाी प्रतिद्वन्द्वी बंगलादेशलाई ३–२ को संघर्षपूर्ण खेलमा हराउँदै अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

लतिलपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानले पहिलो सेट २५–२१ ले जित्यो । तर दोस्रो र तेस्रो सेट क्रमशः २५–१९ र २५–१८ ले बंगलादेशलाई सुम्पिएको थियो ।

चौथो सेटमा कमब्याक गर्ने क्रममा अफगानिस्तानले २५–२३ को संघर्षपूर्ण नतिजा आफ्नो पोल्टोमा पार्‍यो । पाँचौ तथा निर्णायक सेटमा १५–१२ को नतिजासँगै अफगानिस्तानले प्रतियोगितामा जितको खाता खोल्यो । समूहको पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग र बंगलादेश उज्वेकिस्तानसँग पराजित भएका थिए ।

दोस्रो हारपनि बंगलादेशको सेमिफाइनल सम्भावना थप कमजोर भएको छ । समुह बी अर्न्तगत अहिले तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच स्पर्धा भइरहेको छ ।  समूह ए अन्तर्गत आज राति ७ बजे माल्दिभ्स र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । माल्दिभ्सले आज पहिलो खेल खेल्न लागेको हो भने किर्गिस्तानले नेपाललाई हराएको थियो । ७ टोली सहभागी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया