नेपाल र माल्दिभ्सबीचको खेल आज 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

- एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज पनि बिभिन्न ३ खेल हुँदैछन् । आज समुह बी अन्तर्गतका २ र समुह ए को एक खेल हुनेछ । आजको पहिलो खेलमा दिउँसो ३ बजे उज्वेकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

सुरुवाती दुबै खेलमा जित निकालेको उज्वेकिस्तान, अफगानिस्तान विरुद्ध पनि जित निकाल्दै शतप्रतिशत नतिजासँगै सेमिफाइनल पुग्ने योजनामा छ । बंगलादेशलाई हराएको अफगानिस्तानपनि बलियो टोलीबिरुद्ध सशक्त प्रदर्शनसँगै जित हात पार्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । 

आजै हुने दोस्रो खेलमा समुह ए मा रहेको नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएका दुबै टोली आजको खेलमा जित निकाल्दै समुह उपविजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छन् । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भड हलमा साँझ ५ बजे हुने खेल, दुबै टोलीका लागि गर या मरको अवस्थामा छ । 

सोहि कोर्टमा हुने आजको अन्तिम खेलमा समुह बी अर्न्तगतको बंगलादेशले तुर्कमेनिस्तानको सामना गर्नेछ । तेस्रो खेल राती ७ बजे सुरु हुनेछ ।   

 


प्रतिक्रिया