आयोजक नेपाल लिग चरणमै रोकियो

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

नेपाल काठमाडौंमा जारी एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समुह चरणबाटै बाहिरिएको छ । समुह ए  मा रहेको आयोजक नेपाल दुवै खेलमा सोझो सेटमा पराजित हुँदै समुह चरणमै रोकिएको हो । पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपाल आज माल्दिभ्ससँग पनि पराजित भयो ।

दुवै खेलमा जित निकालेको कीर्गिस्तान समुह एको विजेता र एकमा जित हात पारेको माल्दिभ्स समुह उपविजेता बन्दै सेमिफाइनमा पुगेका हुन् । 

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा केहीबेरअघि सकिएको खेलमा नेपाल पुरै खेल अवधिभर दबाबमा रहेको थियो । पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो २१–२५ र तेस्रो २५–१४ ले माल्दिभ्सलाई सुम्पिएको थियो । 

उज्वेकिस्तान समूह ‘बी’को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह चरणका तीनै खेल जित्दै उज्वेकिस्तान ९ अंकका साथ अन्तिम चारमा पुगेको हो । आज उज्वेकिस्तानले अफगानिस्तानलाई २५–२३,२९–२७,२९–२९ को सोझो सेटमा पराजित ग¥यो ।

तुर्कमेनिस्तान र अफगानिस्तानको समान ३ अंक छ । बंगलादेश अंकविहिन छ । केहीबेरपछि हुने बंगलादेश र तुर्कमेनिस्तानबीचको खेलले समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ । 

 


प्रतिक्रिया