रोहितको कमानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

श्रीलंकामा भदौ १९ देखी सुरु हुने अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता खेल्न १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको छ । रोहित कुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा रिजनल छनोट खेलेका खेलाडीको बर्चश्व छ । 

टोलीमा रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप झोरा, भीम सार्की, हरीबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी र सागर ढकाल रहेका छन् । खडग बहादुर बोहोरा, सुर्य तामाङ, लोकेश बहादुर बम र प्रतिश जिशीले पनि अन्तिम टोलीमा स्थान पक्का गरेका छन् । 

प्रतियोगिता अघिको अभ्यासका लागि नेपाली टोली पर्सि शनिबार श्रीलंका जानेछ । प्रतियोगितामा समुह बी मा रहेको नेपालले आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समुह बीमा आयोजक श्रीलंकासंगै बंगलादेश र युएई छन् । मुख्य प्रशिक्षक बिनोद दासले कमजोर तयारी भएपनि नेपाल आश्चर्यजनक नतिजा निकाल्न सक्षम रहेको दाबी गर्नुभएको छ । 


प्रतिक्रिया