काठमाडौंमा जारी भलिबलमा विभागीय टोलीले वर्चश्व 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७६ | काठमाडौं

काठमाडौमा जारी प्रकाश दाहाल स्मृति युवा नेपाल कप भलिबल प्रतियोगितामा विभागीय टोलीले वर्चश्व कायम गरेका छन् । आज पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले ढोरपाटन क्लबलाई २५–९, २५–१८ र २५–२३ को सोझो सेटमा पाखा लगायो ।

दोस्रो खेलमा विभागीय पुलिसले आयोजक प्रगतिशिल युवा क्लबलई २२–२५, २५–१७, २५–१८ र २५–१५ ले तथा नेपाल आर्मीले एपीएफलाई २५–२०, २५–१४, २४–२६ र २५–२३ ले हराएको हो ।  

यस्तै, गण्डकी प्रदेश र गल्कोट युवा क्लबबीचको खेल वर्षाका कारण स्थगित भएको छ । वर्षाअघि गण्डकी प्रदेशले २ शुन्यको सेटमा अग्रता लिएको थियो । स्थगित खेल भोलि बिहान हुनेछ । 

समूह चरणको अन्तिम खेलमा भोलि समूह ए का एपीएफ र जावलाखेल, त्रिभुवन आर्मी र ढोरपाटन स्र्पोट्र्स ट्रेनिङ सेन्टर तथा समूह बीका नेपाल पुलिस र गण्डकी प्रदेश, गल्कोट युवा क्लब र आयोजक प्रगतिशील युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् । 


प्रतिक्रिया