एनओसीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | काठमाडौं

नेपाल ओलम्पिक कमिटी एनओसीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै जीवन राम श्रेष्ठ विजयी एनओसीको अध्यक्षमा निर्वाचित भएका हुन् । जीवन राम श्रेष्ठले १७ मत ल्याएर विजयी हुनु भए ।

उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन् । 

यस्तै, उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन् । राणले २६, राजवैद्यले २२, गुरुङले २०, श्रेष्ठले १८ र बज्राचार्यले १५ मत प्राप्त गरे । यस्तै, समिम मियाा अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११/११ मत पाए । ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए । 

महासचिवमा उमेशलाल प्यानलबाट उठेका निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन् । उनले १५ मत प्राप्त गरे । उनका प्रतिद्वान्द्वी नेपाल करााते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे । निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् । तीमध्ये एथलेटिक्स संघबाट प्रतिनिधि बनेका राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना उपमहासचिव र भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

त्यस्तै, सचिव पदमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा, रामजीबहादुर श्रेष्ठ निर्वाचित भए । नेपाल उसु फेडेरेसनका अध्यक्ष तथा निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भएका छन् । बज्राचार्यले २५, थापाले २१, श्रेष्ठले १८ र विष्टले १७ मत पाए । १ मतले विष्ट पराजित भएका हुन् । 

यस्तै, सदस्यहरुमा रमेश सिवाकोटी, राम अवाले, प्रकाशशम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी निर्व्चाित भएका छन् । मनोरञ्जन रमण शर्मा भने पराजित हुन पुगेका छन् । ७ जनाको सिटमा ८ जनाको उम्मेदवारी परेको थियो । एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका २७ प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गरेका थिए ।

यसपालिको चुनावमा २७ मतदाता मध्ये २६ जनाले उम्मेदवारी दिएका थिए । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान बाहेक सबै उम्मेदवार बनेका थिए । अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को प्रतिनिधि काठमाडौं आएका थिए ।


प्रतिक्रिया