रात्रिकालीन क्रिकेटको दोस्रो संस्करण असोज ४ देखि

आश्विन २, २०७६ | विराटनगर

सुनसरी सदरमुकाम इनरुवामा असोज पहिलो साता दोस्रो रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फूलबारी क्रिकेट क्लबको आयोजनामा इनरुवास्थित खेल मैदानमा हुने प्रतियोगितामा तीन विभागीय सहित १६ वटा टिमको सहभागिता हुने भएको छ ।

पहिलो संस्करणमा १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए । असोज ४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको प्रतियोगिताका लागि मैदान व्यवस्थापन लगायतका काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

यसपालिको प्रतियोगितामा एलइटी एटम्प र लोगोसहितको बल प्रयोगमा ल्याइने भएको छ । प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, धनगढी, विराटनगर, चितवन, जनकपुर, सप्तरी, झापा, वीरगञ्ज, बेलबारी, धरान, दुहबी र आयोजक फूलबारी क्लबको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि विजेता टिमले २ लाख र उपविजेताले एक लाख रुपैयाँ हात पार्ने छन् ।


प्रतिक्रिया