खुल्ला दौडमा ढकाल प्रथम

आश्विन ३, २०७६ | गोरखा

संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगीतामा सिरानचोक गाउँपालिका–३ हर्मीका सन्दिप ढकाल पहिलो भएका छन् । लक्ष्मी बजार देखि बसपासपार्क सम्मको निर्धारित चार किलोमिटर दूरी उनले १९ मिनेट २० सेकेण्डमा पार गरे ।

उनले पाँच हजार नगद पुरस्कार पाएका छन् । १९ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सिरानचोक गाउँपालिका–२ थालाजुङका सुरज भण्डारी दोस्रो भए । गोरखा नगरपालिका नारेश्वरका रञ्जीत अधिकारी तेस्रो भएका छन् ।

उनले २० मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पार गरे । द्धितीय र तीतृय हुनेलाई क्रमश तीन हजार र १५ सय नगद पुरस्कार वितरण गरिएको आयोजक लियो क्लबका पूर्व अध्यक्ष एम बहादुर बसेलले बताउनुभयो । 


प्रतिक्रिया