नेपाल भुटानसँग ३–० ले पराजित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- डिफेन्डिङ च्याम्पियन नेपाल घरेलु मैदानमा जारी साफ अन्डर १८ फुटबल प्रतियोगितामा भुटानसँग पराजित भएको छ । काठमाडौको हल्चोकस्थित एपीएफ मैदानमा समुह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भुटानसँग ३–० ले पराजित भएको हो ।

जितसँगै भुटान सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा यशी दोर्जीको गोलमा अग्रता बनाएको भुटानले दोस्रो हाफमा २ गोल थप्यो । समूह एमा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो ।

समुह चरणको अन्तिम खेलमा पर्सि भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पर्सिको खेलमा मालदिभ्स भुटानसँग कम्तीमा ३–० ले पराजित भए मात्र  नेपालको सेमिफाइनल सम्भावना रहन्छ । प्रतियोगितामा भोलि समुह बीमा रहेका इण्डिया र बगंलादेशबीच प्रतिस्पर्धा हुनेछ ।   

 


प्रतिक्रिया