सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज सुरु हुँदै

मंसिर २८, २०७६ | काठमाडौं

- सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज सुरु हुँदैछ । घरेलु फुटबलका शीर्ष क्लबले लिगमा प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेलमा आज मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

 प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । लिग अवधिभर कुल ९१ खेल हुनेछन् । शीर्ष स्थानमा रहने टिमले उपाधि हात पार्नेछ । यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ । लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५/१५ हजार हात पार्नेछ । मनाङ मर्स्याङदी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।


प्रतिक्रिया