ए डिभिजन लिगमा आजबाट सातौँ चरणका खेल हुँदै

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०७६ | .काठमाडौं

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सातौँ चरणका खेल आजदेखि सुरु हुँदैछ । एन्फाले जारी गरेको तालिका अनुसार आज मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ । 

मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि छैठौ चरणसम्म मछिन्द्र अपराजित रहदै १३ अंकमा तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रले चार खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।

 टोलीमा राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई समाबेश गरेको मछिन्द्र पााचौ जितसंगै उपाधि दाबेदारिता कायम राख्ने लक्ष्यमा छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले ६ खेलमा दुई हार र ४ बराबरीसंगै ४ अंक जोडेको छ । जारी लिगमा १ अंक मात्र जोडेको सरस्वती तालिकाको अन्तिम स्थानमा छ ।


प्रतिक्रिया