ए डिभिजन लिगमा आज दुई खेल हुने

माघ ४, २०७६ | काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्पलेक्स सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको ५ औं स्थानमा रहेको जावलाखेलले खेलेका कुल ६ खेलमा २ मा जित १ मा हार र ३ मा बराबरी गरेको छ । नेपाल पुलिस समान ६ खेलमा २ मा जित २ मा हार र दुईमा बराबरी गर्दै तालिकाको सातौं स्थानमा रहेको छ । दुवै टोलीलाई आजको जितले तालिकामा आफ्नो स्थान सुधारको मौका हुनेछ ।

यस्तै आज हुने दोश्रो खेलमा मनाङ मर्स्याङदी र थ्रिस्टार क्लबबीच भिडन्त हुनेछ । दशरथ रङशालामा दिउँसो ३ बजे हुने मनाङ र थ्रीस्टारवीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अंक तालिकाको तेश्रो स्थानमा रहेको मनाङ खेलेका ६ खेलमा ३ मा जित र तिनमा बराबरी गर्दै विना हार शिर्ष स्थान पुग्ने लक्ष्य सहित मैदान उत्रने छ । थ्रीस्टार क्लबले भने खेलेका ६ खेल मध्ये ३ मा जित २ मा हार र १ मा बराबरी गर्दै १० अंकमा तालिकाको चौथो स्थानमा छ ।  


प्रतिक्रिया