बिग बास लिगमा मेलबर्न स्टार्सले आज पर्थ स्कोर्चससँग खेल्दै

माघ ४, २०७६ | काठमाडौं

अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले आज पर्थ स्कोर्चससँग खेल्दैछ । लिगको ११ औं खेलमा मेलबर्नले पर्थसाग खेल्न लागेको हो । पर्थसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।

 यस सिजन सन्दीपले ९ खेलमा ११ विकेट हात पारिसकेका छन् । पर्थसँग मैदान उत्रदा मेलबर्न दशौ जितको खोजीमा हुनेछ । मेलबर्न ११ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पर्थविरुद्ध जित निकाल्दै मेलबर्न सो जितको लय कायम राख्न चाहन्छ । पर्थ १० खेलमा ५ जितसहित १० अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । 


प्रतिक्रिया