म्यानचेष्टर सिटी विजयी बन्दा, चेल्सी र आर्सनलको बराबरी

माघ ८, २०७६

ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले १६ जित हात पार्दा आर्सनल र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । सिफिल्ड युनाईटेडलाई १–० ले हराउँदै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७३ औँ मिनेटमा सर्जियो अगुईरोले गोल गर्दै सिटीलाई जित दिलाएका थिए । ६७ प्रतिशत बल पोजिशनको खेलमा सिटीका दर्जन बढी अवसर खेर गएका थिए । २४ खेलबाट सिटिको ५१ अंक भएको छ । २ खेल कम खेलेको लिभरपुल ६४ अंकमा शीर्ष स्थानमा जमेर बसेको छ ।

गएराती नै साउथ हेम्प्टनले क्रिष्टल प्यालेसलाई २–० ले हराउँदा बर्नमाउथले ब्राईटन एण्ड होभ एल्बियनलाई ३–१ ले स्तब्ध पार्यो । बाटफोर्ट भने एष्टन भिल्लासंग २–१ ले पराजित भयो । जितसँगै साउथ हेम्प्टन तालिकाको नवौँ स्थानमा उकिलएको छ । २४ खेलबाट उसको ३१ अंक भएको छ । एष्टन भिल्ला रेलिगेशन जोनबाट माथि उठ्दा बर्नमाउथ भने २३ अंकमा तालिकाको १८ औँ स्थानमा छ ।

आर्सनल र चेल्सी तथा एभर्टन र क्रिष्टल प्यालेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिग फुटबलमा आज विभिन्न ३ खेल हुँदैछन् । आज लेष्टर सिटी र वेष्ट हृयाम युनाईटेड, टटनहृयाम र नर्विच तथा म्यानचेष्टर युनाईटेड र बर्नली आमने सामने हुनेछन् । 


प्रतिक्रिया