सहिद स्माकर ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

माघ ८, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट आठौँ चरणका खेल सुरु हुँदैछन् । आठौँ चरणको पहिलो दिन आज एक मात्र खेल हुनेछन् । आज मच्छिन्द्र क्लब र विभागीय नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । 

काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । १३ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्र, पुलिसलाई हराउँदै शीर्ष स्थानको आर्मीसँग अंक बराबरी गर्ने योजनामा छ । पुलिस भने चौथो जितसंगै तालिकाको दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ मच्छिन्द्रविरुद्ध मैदान उत्रनेछ ।

सातौँ चरणसम्म मनाङ मर्स्याङदी अपराजित रहँदा सरस्वती क्लब जितिबिहिन रहेको छ ।   


प्रतिक्रिया