सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि थापालाई

फाल्गुन २, २०७६ | पोखरा

धनबहादुर थापाले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज अन्तिम दिन २ अण्डर ६७ स्कोर गरेका थापाले समग्रमा ४ अण्डर २ सय ७ को कार्ड लेखाए । 

उनले दोस्रो स्थानमा शिवराम श्रेष्ठमाथि २ स्ट्रोकको जित दर्ता गरेका हुन् । पूर्व नं १ गल्फर शिवरामले आज ३ अण्डर ६६ सहित समग्रमा २ अण्डर २ सय ५ स्कोर गरे । 

तेस्रो भएका शुक्रबहादुर राईले समग्रमा ३ ओभर २ सय १० स्कोर गरे ।

उपाधिसँगै धनबहादुरले १ लाख २५ हजार, दोस्रो हुने शिवरामले ७५ हजार र तेस्रो स्थानमा रहेका शुक्रबहादुरले ५५ हजार रुपैयाँ हात पारे ।

एमेच्योरतर्फ जितेन्द्र राईले उपाधि जिते । उनले १८ ओभर २ सय २५ को स्कोर लेखाए । फाइनल राउण्डमा उनले ५ ओभर ७७ स्कोर गरेका थिए । 

सुरेश तामाङ दोस्रो र अजित विक तेस्रो भए । नेपाल व्यावसायिक गल्फर संघको आयोजनामा भएको प्रतियोगितामा ३२ व्यावसायिक र १६ एमेच्योर गल्फरको सहभागिता थियो । 


प्रतिक्रिया