म्यानचेष्टर सिटीलाई आगामि दुई सिजनका लागि प्रतिबन्ध

फाल्गुन ३, २०७६ | .

म्यानचेष्टर सिटीलाई आगामि दुई सिजनका लागि युरोपियन क्लब फुटबलमा प्रतिस्पर्धा गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन युइएफएको क्लब लाइसेन्स वितरण र आर्थिक निष्पक्षता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको म्यानचेष्टर सिटीमाथि आरोप लगाइएको हो ।

 प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यान सिटी माथि ३ करोड युरो जरिवाना समेत लगाइएको छ । खेल मध्यस्तता सम्बन्धी अदालतले म्यान सिटीमाथिको प्रतिबन्ध र जरिवानाको निर्णय गरेको हो । म्यानचेष्टर सिटीले पूर्वाग्रही निर्णयका कारण निराश भएपनि आश्चर्यचकित नभएको प्रतिक्रिया दिएको छ ।

 उसले त्यस विरुद्ध अपिल गर्ने जनाएको छ । सन् २०१२ देखी २०१६ सम्मको आर्थिक कारोबारमा पेश भएका पत्रमा प्रायोजनका रकम बढाएर समावेश गरिएको फुटबल क्लबहरुको आर्थित पारदर्शिता नियमन गर्ने संगठनले उल्लेख गरेको छ । प्रतिबन्धका कारण म्यान सिटिले आगामि दुइ सिजन च्याम्पियन्स लिग गुमाउनेछ ।


प्रतिक्रिया