मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो

फाल्गुन ४, २०७६ | झापा

आयोजक सतासीधाम स्र्पोर्टिङ क्लबले तेस्रो संस्करणको सताक्षी गोाल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । 

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई १–० ले पराजित गर्दै आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आयोजकलाई जित दिलाउन ५० औं मिनेटमा मनिस थापाले निर्णायक गोल गरे । 

हिजो सकिएको शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान ओगट्दै मोफसल पुगेको मनाङ पहिलो खेलमै पराजित भएको हो ।

प्रतियागितामा भोली ललितपुरको थ्रीस्टार मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

११ गतेसम्म चल्ने प्रतियोगीतामा एउटा विदेशी सहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गोल्डकपको उपाधि विजेताले ६ र उपविजेताले त्यसको आधा रकम प्राप्त गर्नेछन् । 


प्रतिक्रिया