चैतमा चौंथो टेम्केमैयुङ ट्रेल रेस हुने

फाल्गुन ७, २०७६ | भोजपुर

आगामी चैत्र २९ गते भोजपुरमा चौंथो टेम्केमैयुङ ट्रेल रेस हुने भएको छ । टेम्केमैयुङ गाउँपालिकाको र रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरको आयोजनामा ट्रेल रेस हुन लागेको हो । 

रेस टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तीम्मा सुम्लीखा स्कूलदेखि सुरु भएर हाँस पोखरी, धोद्रे, चखेवा, टेम्के हुँदै वडा नम्बर ९ पाँचधारेमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ । 

३६ किलोमिटरको दौडमा डेढ सय बढी धावकको सहभागिता रहने आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले जनाएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकहरुको पनि सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम, दोस्रो, र तेस्रो हुने महिला तथा पुरुष धावकले क्रमश २५ हजार, २० हजार, १५ हजार, ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । 

त्यस्तै ४० वर्ष माथिका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ८ हजार, ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

टिमतर्फ भने प्रथम, दोस्रो र तेस्रो हुनेले १० हजार, ८ हजार, ५ हजार ट्रफी पाउने आयोजकले जनाएको छ । 

टेम्केमैयुङ ट्रेल रेसका लागि छनोट गरेको स्थान १९ सय मिटर देखि अधिकतम ३४ सय मिटर सम्मको उचाईमा रहेको छ । 


प्रतिक्रिया