मनाङ बुढासुव्वा गोल्डकपको फाइनलमा

फाल्गुन १४, २०७६ | सुनसरी

मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी बुढासुव्वा टूबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

धरान रंगशालामा आज भएको खेलमा दार्जिलिङको युनाइटेड कस्र्याङ फुटबल क्लब (यूकेएफसी) लाई २–० गोल अन्तरमा पराजित गर्दै मनाङले फाइनलमा स्थान बनाएको हो । 

मनाङले अब उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र मच्छिन्द्र क्बलबीचको विजेतासँग खेल्नेछ । मनाङका लागि विमल राना र दयानन्द सिंहले गोल गरे । 

विमलले खेलको १९ औं मिनेटमा गोल गरेर १–० ले अग्रता दिलाए । खेलको इन्जुरी समयमा दयानन्द सिंहले गोल गर्दै मनाङको जित सुनिश्चित गरे । 

बिहीबार अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस र मच्छिन्द्र क्बलबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया