'टेनिस सुन्दरी'को सन्यास

फाल्गुन १४, २०७६ | एजेन्सी

रसियन टेनिस प्लेयर मारिया सारापोभले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छन् । पछिल्लो समय काँधको समस्याबाट पीडितसारापोभाले ३२ वर्षकै उमेरमा टेनिस कोर्ट छाडेकी हुन् ।

१७ वर्षको उमेरमा २००४ मा विम्बल्डन टेनिसको उपाधि जितेर तहल्का मच्चाएकी उनले २०१२ मा फ्रेन्च ओपनको विजेता बन्दै सवै ग्राण्डस्लामको उपाधि रुस लगेकी थिईन् । टेनिस सुन्दरीको उपमा पाएकी उनलाई डोपिङमा दोषी पाईएपछि २०१६ मा १५ महिनाको प्रतिवन्ध लगाईएको थियो । 

२०१७ मा पुन: कोर्टमा फर्किएकी सारापोभा पछिल्लो समय भने लयमा फर्कन संघर्षरत थिईन् । कुनै समय महिला तर्फको शीर्ष वरियातामा रहेकी उनी पछिल्ला ३ वटा ग्राण्डस्लाम टेनिसको पहिलो चरणबाटै बाहिरिएकी थिई्न । 

२००२ पछिको सवैभन्दा खराब वरियाता ३ सय ७३ मा रहेकै बेला उनले आज सन्यास घोषणा गरेकी हु्न् । 


प्रतिक्रिया