माईभ्यालीमा रुपन्देही विजयी

फाल्गुन १५, २०७६ | इलाम

रुपन्देहीको गोर्खा ब्याइजले इलाममा शुरु छैठौं संस्करणको माइभ्याली गोल्डकप फुटवलमा विजयी शुरुवात गरेको छ । 

उद्घाटन खेलमा आज भारत नागाल्याण्डको कोहिमा इगल फुटवल क्लवलाई ४–० गोलअन्तरले पराजित गर्दै गोर्खाले दोस्रो चरणको यात्रा तय गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा गोर्खालाई जित दिलाउन शक्ति राईले २ तथा हमजत र फोडे फोफन्नाले १/१ गोल गरे ।

फागुन २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरि १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले ८ लाख र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया