नेपाल पुलिस राजर्षि जनक कपको सेमिफाइनलमा

फाल्गुन २८, २०७६ | सर्लाही

विभागीय टोली नेपाल पुलिस क्लब सर्लाहीमा जारी चौंथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको खेलमा ब्वाइज युनियन क्लब काठमाडौंलाई ३-० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

बागमती नगरपालिकास्थित सन्तोस श्रेष्ठ मेमोरियल फुटबल मैदानमा भएको खेलमा उसलाई जित दिलाउन तीर्थबहादुर राना, पदम भट्टराई र बिशाल बस्नेतले गोल गरे । 

सेमिफाइनलमा पुलिसले खप्तड गोल्डकप विजेता सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम क्वार्टरफाइनलमा भोलि जावलाखेल युथ क्लब र भारत दार्जिलिङको युनाईटेड खर्साङबीच खेल हुनेछ । पुलिसको जितमा म्यान अफ दी म्याच पदम भट्टराई भए । भट्टराइले १० हजार रुपैयाँ प्राप्त गरे । 


प्रतिक्रिया