जावलाखेल राजर्षि जनक कप फुटबलको सेमिफाइनलमा

फाल्गुन २९, २०७६ | सर्लाही

जावलाखेल युथ क्लब सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको अन्तिम क्वाटरफाईनलमा पाहुना टोली भारत दार्जिलिङको यूके एफसीलाई २–० गोल अन्तरमा पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान बनाएको हो । 

जावलाखेलको जितमा १३ औं मिनेटमा रुपबहादुर लामा र ७६ औं मिनेटमा विदेशी खेलाडी फाफेनोले गोल गरे । सेमिफाइनलमा जावलाखेलले पर्सि भारत सिलिगुढीको कञ्चनजंघा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भोलि नेपाल पुलिस र सुदूरपश्चिम–११ बीच खेल हुनेछ । जावलाखेलका रुपबहादुर लामा म्यान अफ दी म्याच भए । लामाले १० हजार रुपैयाँ प्राप्त गरे । 


प्रतिक्रिया