पुलिस राजर्षीको पनि फाइनलमा

फाल्गुन ३०, २०७६ | सर्लाही

नेपाल पुलिस क्लब, सर्लाहीमा जारी चौथो राजर्षी जनक कप फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । 

पहिलो सेमिफाइनलमा आज खप्तड गोल्डकप विजेता सुदुरपश्चिमलाई ३–१ गो अन्तरमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । 

पुलिस पोखरामा जारी आहारारा गोल्डकपको पनि फाइनलमा पुगेको छ । उसले भोली उपाधिका लागि मनाङ मस्र्याङ्दीसंग खेल्दैछ ।

वागमती नगरपालिकामा जारी राजर्षी कपको फाइनलमा पुर्‍याउन पुलिसका लागि तिर्थ रानामगरले २ र जुमानु राईले एक गोल गरे । सुदुरपश्चिमका लागि फिलिप तामाङले सान्त्वना गोल फर्काएका थिए ।

दोस्रो सेमिफाइनलमा भोली जावलाखेल युथ क्लब र भारतको कञ्चनजंघा फुटबल क्लबबीच खेल हुनेछ । 


प्रतिक्रिया