बि डिभिजन लिग यथावस्थामा चालु रहन्छ : एन्फा

चैत्र ३, २०७६ | काठमाडौं

सहिद स्मारक बी डिभिजन लिग फुटबल यथावस्थामै सञ्चालन हुने भएको छ । कोरोना भाईरसको सक्रमणका त्रासले अधिकांश प्रतियोगीताहरु स्थगीत भईरहेका बेला बी डिभिजन लिग भने जारी रहने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा प्रबक्ता किरण राईले सक्रमणको अवस्था बिश्लेषण गरी जोखीमपुर्ण अवस्था देखीएमात्र प्रतियोगीता स्थगीत गर्ने उल्लेख गर्नुभयो । अन्यथा यहि अवस्था रहे प्रतियोगीता जारी नै रहने प्रबक्ता राईको भनाई छ।

बि डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु सम्पन्न भईसकेका छन् । एन्फाको तालिकामा रहेका महिला लिग, प्रदेश लिग, एन्फा पेसीडेन्ट कपसंगै तत्काल सञ्चालन हुन लागेका आधा दर्जन गोल्डकप प्रभावित बनिसकेका छन् । रुपन्देहिको तिलोत्तमा गोल्डकप, सुनसरीको दुहबी गोल्डकप, उदयपुर गोल्डकप, भरतपुर गोल्डकप र मकवानपुर गोल्डकपका खेलहरु प्रभावित भएका हुन् ।

 यी प्रतियोगीतालगत्तै हुने तयारीमा रहेका गोल्डकपपनि प्रभावित बन्न सक्ने संभावना छ । यस्तो अवस्था आए धेरै प्रतियोगीता यो बर्ष रद्द हुने प्रबक्ता राईले बताउनुभयो । यद्यपी आफुहरु पर्ख र हेर को रणनितिमा रहेको राईको भनाई छ । अवस्था सामान्य हुदै गए समयतालिका मिलाएर प्रतियोगीता सुचारु गराउने गरी आन्तरिक तयारी भईरहेको उहाँले उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया