आईओसीले भिडियो कन्फ्रेन्स गर्दै

चैत्र ४, २०७६ | काठमाडौं

ओलम्पिक खेलकुदको आयोजना तथा आगामी संभावनाका बिषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले आज भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने भएको छ । आईओसीले जापान ओलम्पिक कमिटिसंगै अन्य सरोकारवालासंग छलफल गर्न लागेको हो ।

 ओलम्पिकको तयारी तथा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको सक्रमणको असरका बिषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले रायसहितको छलफल गर्न लागेको हो । अन्तराष्ट्रिय खेलकुद महासंघसंगको छलफलपछि आईओसीले आयोजक र सरोकारवालासंग छलफल गर्न लागेको हो । शनिबार जापानी प्रधानमन्त्री सिन्जो अवेले ओलम्पिक खेलकुद तोकिएकै मितिमा हुने बताउनुभएको थियो । जापानले कोरोनाको सक्रमणका बावजुतपनि आयोजनाको तयारी अघि बढेको बताईरहेको छ ।

तर कोरोनाको सक्रमणका कारण ओलम्पिक खेलको छनोट प्रतियोगीताहरु प्रभावित भएपछि आईओसीले मुख्य रुपमा यसैमा चासो राखेको हो । प्रतियोगीताको मिति पछि रहेपनि त्यसअघि नै सम्पन्न भईसक्नुपर्ने छनोटका खेलहरु नै नहुने संभावना बढ्पेछि आईओसीले आयोजक तथा सरोकारवालासंग छलफल गर्न लागेको हो ।  


प्रतिक्रिया