'ओलम्पिक स्थगित गर्नु हतारो हुन्छ'

रेडियो कान्तिपुर संवाददाता

चैत्र ६, २०७६ | एजेन्सी

वर्ल्ड एथ्लेटिक्सका अध्यक्ष एवं टोकियो ओलम्पिक समन्वय समितिका सदस्य लर्ड कोएले अहिले नै आलेम्पिक २०२० स्थगित गर्नु हतारो हुने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले कोरोना संक्रमणका बावजुद आगामी जुलाई २४ बाटै प्रतियोगिता गर्ने बताइरहेका बेला कोएको भनाइ आएको हो । 

विश्व खेलकुदका अन्य गतिविधिहरु धमाधम स्थगित भइरहँदा ओलम्पिक समयमै आयोजना गर्ने आईओसीको चाहना छ । कोएले अझै ४ महिनाको समय बाँकी रहेको भन्दै उपयुक्त समयमा निर्णयमा पुगिने बताए । 

लण्डन ओलम्पिक २०१२ को आयोजक कमिटिका अध्यष रहिसकेका कोएले मिति सार्नु पर्ने अवस्था आए त्यो पनि हुने तर अहिले नै त्यसबारे सोच्न हतारो हुने प्रतिक्रिया दिएका छन् ।

गत बिहीबारमात्रै टोकियो ओलम्पिकका आयोजकलाई ग्रिसको एथेन्सबाट ल्याइएको ओलम्पिक टर्च हस्तान्तरण गरिएको थियो । 


प्रतिक्रिया