क्यानका सम्पुर्ण गतिविधि ठप्प

चैत्र ७, २०७६ | काठमाण्डौं

कोरोना भाईसरको सक्रमणको त्राससंगै नेपाल क्रिकेट संघ क्यानले आफ्ना सम्पुर्ण गतिबिधि बन्द गर्ने भएको छ । क्यानले अर्को सुचना नआएसम्मका लागि क्रिकेटका सम्पुर्ण गतिबिधि बन्द गर्ने जनाएको हो । केन्द्र, प्रदेश र जिल्लागत रुपमा सञ्चालनमा रहेका सम्पुर्ण गतिबिधि बन्द गर्दै क्यानले सम्पुर्ण कार्यालयबाट हुने गतिबिधि तत्कालका लागि रोक लगाएको हो ।

 खेलाडीको बन्द प्रशिक्षण, प्रतियोगीतासंगै कार्यसम्पादनका सम्पुर्ण क्रियाकलाप अर्को सुचना जारी नभएसम्म स्थगीत गरेको हो । राष्ट्रिय विपतको अवस्थामा सतर्क र साबधान रहन क्यानले पछिल्लो निर्णय गरेको जनाएको छ । विश्वव्यापी रुपमा कोरोनाको बढ्दो सक्रमणसंगै अधिकांश मुलुकले खेलकुदका सम्पुर्ण गतिबिधि बन्द गर्दै आएका छन् । 


प्रतिक्रिया