ओलम्पिक टर्च जापानमा

चैत्र ८, २०७६ | काठमाडौं

यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ओलम्पिक टर्च जापान पुगेको छ । जापानको ओलम्पिक कमिटिले ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ ।

 यो वर्षको ओलम्पिक खेलकुद जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेपनि विश्वव्यापी रुपमा फैलिएको कारोनाले प्रभावित हुने आंकलन छ । जापानले भने टोकियो ओलम्पिक निर्धारित समयमै हुने बताउँदै आएको छ । यद्यपी खेल हुने नहुने बारे अन्योल कायमै छ ।

यसैवीच बेलायती खेलकुद संघका अध्यक्ष निक कोवार्डले टोकियो ओलम्पिक कम्तिमा १ वर्ष पछि सार्न सुझाव दिनुभएको छ । छनोट चरणका अधिकांश खेलहरु रद्ध भएकाले ओलम्पिक सार्नुपर्ने कोवार्डको भनाई छ । 


प्रतिक्रिया