कोरोनाका कारण रियलका पूर्व अध्यक्षको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

चैत्र ९, २०७६ | एजेन्सी

कोरोना भाईरसका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । केही दिनअघि मात्र कोरोना संक्रमणका कारण अस्पाताल भर्ना भएका सान्जको हिजो मृत्यु भएको हो ।

 ७६ बर्षीय सान्ज १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । उनकै पालामा रियलले च्याम्पियन्स लिग फुटबलको उपाधि २ पटक उचालेको थियो । 

उनका छोरा लोरेन्जो दुरानले कोरोनाको सक्रमणका कारण आफ्ना बुवाको मृत्यु भएको पुष्टी गरेका छन् ।    


प्रतिक्रिया