ओलम्पिक सार्न जापान राजी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०७६ | एजेन्सी

टोकियोमा हुने ग्रीष्मकालीन ओलम्पिक १ वर्ष सार्न जापान राजी भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिन १९ का कारण अहिलेकै अवस्थामा ओलम्पिक आयोजनाको अर्थ नहुने भन्दै टोकियो ओलम्पिक २०२० को आयोजक कमिटि प्रतियोगिता सार्न तयार देखिएको हो ।

लगत्तै प्रधानमन्त्री सिन्जो आवेले पत्रकारहरुमाझ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि प्रतियोगिता सार्न सहमत भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नुभयो, ‘मैले प्रतियोगिता १ वर्ष सार्नका लागि प्रस्ताव गरेको थिएँ । त्यसमा आईओसीका प्रमुख थोमस बाकले समर्थन गर्नुभयो ।’

तर ओलम्पिक स्थगित भएको बारे आईओसीको औपचारिक निर्णय आउन बाँकी छ । प्रतियोगिता आगामी जुलाईमा शुरु हुँदै थियो । 

ओलम्पिक इतिहासमै प्रतियोगिताका स्थगित भएको यो दोस्रो पटक हो । यसअघि दोस्रो विश्वयुद्धको समयमा सन् १९४० को ओलम्पिक स्थगित भएको थियो ।  


प्रतिक्रिया