आईसीसीको टी–२० वरियतामा नेपाल १५ औँ स्थानमा यथावत

चैत्र १२, २०७६ | काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले सार्बजनिक गरेको टी–२० क्रिकेटको वरियतामा नेपाल १५ औँ स्थानमा यथावत रहेको छ । गएराती सार्बजनिक गरेको वरियतामा नेपाल १ सय ८५ अंकका साथ १५ औँ स्थानमा यथावत रहेको छ । २६ खेलबाट ४ हजार ८ सय २ अंक हात पारेको नेपाल युएई र आयरल्याण्डभन्दा एक अंकले पछि छ । १ सय ८६ अंक भएका आयरल्याण्ड र युएई क्रमश १३ औँ र १४ औँ स्थानमा छन् । 

टी–२० वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो र ईङल्याण्ड तेस्रो स्थानमा छन् । भारत, साउथ अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, श्रीलंका, बंगलादेश र वेष्टईण्डिज क्रमश चौथोदेखि दशौँ स्थानमा रहेका छन् । महिलातर्फको टी–२० वरियतामा नेपाल १४ औँ स्थानमा रहँदा एक दिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ ।   


प्रतिक्रिया