ओलम्पिकको नयाँ मिति तय गर्न विशाल चूनौती : अध्यक्ष व्याच

चैत्र १२, २०७६

– कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएसंगै टोकियो ओलम्पिक स्थगित भएपछि अर्को तालिका सार्वजनिक गर्ने काम आफ्ना लागि विशाल चुनौतीको रुपमा रहेको अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस व्याचले बताएका छन् । नयाँ मितिबारे हजारौं प्रश्न सामना गर्न परेपनि आफुले चाँडै सही निर्णय लिने उनको भनाई छ । 

एकसय २४ वर्षको इतिहासमा ओलम्पिक स्थगन गर्नुको कारण डब्लुएचओको चेतावनी थियो । टोकियो ओलम्पिक २०२० पुनर्गठनका लागि हियर वी गो नामक कार्यदल गठन गरिएको पनि उनले जानकारी दिएका छन् । अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल र लोकल होस्टको रुपमा रहेको जापानबीच हिजो ओलम्पिकको मिति सार्ने सहमति भएको थियो । 


प्रतिक्रिया