विम्बल्डन टेनिस स्थगित गर्नेबारे छलफल

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७६ | काठमाडौं

बेलायतको प्रतिष्ठित ग्राण्डस्लाम उपाधि विम्बल्डन टेनिसको यस वर्षको संस्करण स्थगित गर्ने विषयमा छलफल भईरहेको छ । 

विम्बल्डन तत्काललाई स्थगित वा रद्ध नै गर्ने भन्ने बारे छलफल भईरहेको बीबीसीले उल्लेख गरेको छ । आगामी जुन २९ देखी १२ जुलाइ सम्मका लागी विम्बल्डन टेनिसको आयोजना गरिएको थियो । यसअघि फ्रेन्च ओपन टेनिस प्रतियोगीता समेत सेप्टेम्बर सम्मका लागि सारिएको छ । 

एटिपि र डब्लुटिएका प्रतियोगिता पनि स्थगित भईसकेका छन् । सन् २०२० मा हुने सबै टेनिस प्रतियोगीताको तालिकामा परिवर्तनका लागि आगामि साता बैठक गर्ने तयारी भईरहेको छ ।  


प्रतिक्रिया