बोरुसिया डर्टमण्ड र बार्यन म्युनिखले खेलाडीको तलब कटौती गर्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७६ | एजेन्सी

जर्मन क्लब बोरुसिया डर्टमण्ड र बार्यन म्युनिखले कोरोना भाइरसका कारण अस्थायी रुपमा खेलाडीको तलब केही कटौती गर्ने निर्णय गरेका छन् । 

बढी पारिश्रमिक भएका खेलाडीको तलब कटौतीले अन्य कर्मचारीलाई आर्थिक रुपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । युनियन बर्लिन क्लबले पनि यो महिनाको तलव खेलाडीलाई दिन नसक्ने घोषणा गरेको छ । बार्यन म्युनिखले २० प्रतिशत तलव कटौती गरेको छ भने डर्टमण्डले कटौती रकम खुलाएको छैन । 

८ मार्च देखी आयोजनाको तालिका रहेको वुण्डेस लिगा कोरोना भाइरसको महामारीका कारण स्थगित भएको हो । 


प्रतिक्रिया