कोरोनाबिरुद्ध लड्न बिसीसीआईले ५१ करोड भारु दिने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना संक्रमणको रोकथामका लागि ५१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

भारत पनि कोरोना सक्रमणको चपेटामा परेसंगै भारतीय सरकारले घोषणा गरेको प्रधानमन्त्री राहत कोषमा बिसीसीआईले सो सहयोग गर्ने जनाएको हो । बिसीसीआईको बोर्ड बैठकले प्रतिकुल परिस्थितीमा कोभिड १९ को संक्रमणबिरुद्ध लड्नका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, यो कठिन अवस्थामा बिसीसीआई सरकारलाई हरसम्भव सहयोग गर्न तयार छ । कोरोनाबिरुद्धको लडाइँमा सरकारलाई हामी एक्लै हुन दिन्नौँ ।     


प्रतिक्रिया