युभेन्टसका म्यानेजर र खेलाडी ४ महिनाको तलब नलिन सहमत

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

सिरि ए क्लब युभेन्टसका खेलाडी आफ्नो पारिश्रमिक ४ महिनासम्म नलिन सहमत भएका छन् । 

कोरोनाबिरुद्ध लड्न क्लबले निर्माण गरेको कोषमा आफुहरुको पनि योगदान होस भन्दै क्लबका खेलाडी र पदाधिकारीहरु ४ महिना पारिश्रमिक नलिन सहमत बनेका हुन् । युभेन्टसले कोरोना सक्रमणबिरुद्ध लड्न ९० मिलियन युरोको कोष स्थापना गरेको छ । 

कोरोनाबाट सबैभन्दा बढी मानवीय क्षती भोगेको ईटालीमा यसको प्रकोप दिन प्रतिदिन बढ्दै जाँदा युभेन्टसले ठुलो रकम संक्रमण रोक्न सहयोग गरेको हो । युभेन्टसका प्रशिक्षक मौरिजियो सर्रीसहित ठुलो रकम लिने खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, आरोन राम्सेलगायतका खेलाडीहरु ४ महिनासम्म तलब रोक्का राख्न सहमत भएसंगै युभेन्टसले कोष सञ्चालनमा ल्याएको हो ।

प्रशिक्षकसंगै मुख्य खेलाडीहरु यो ४ महिनाको तलब पनि कट्टा गरेर लिन राजी भएका छन् । अप्रिल ३ सम्म सिरि एका खेलहरु स्थगित भएपछि क्लबहरु कोरोना संक्रमणको अभियानमा जुटेका हुन् ।   


प्रतिक्रिया