स्टेभनमाथिको प्रतिबन्ध फुकुवा, कप्तानी गर्ने बाटो खुल्ला

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

बल टेम्परिङको आरोपमा कप्तानको जिम्मेबारीबाट २ बर्षे प्रतिबन्धमा परेका अष्ट्रेलियाका पूर्व कप्तान स्टेभन स्मिथको प्रतिबन्ध फुकुवा भएको छ । अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथमाथिको प्रतिबन्ध आजबाट हटाएको हो । 

प्रतिबन्ध फुकुवा भएसंगै स्मिथलाई टोलीको कप्तानी गर्ने बाटो खुला भएको छ । सन् २०१८ मा दक्षिण अफ्रिकाबिरुद्ध भएको खेलमा बल प्रतिबन्धको आरोप लागेपछि स्मिथसंगै उपकप्तान डेभिड वार्नर र बलर केमरोन वेनक्रप्ट प्रतिबन्धमा परेका थिए ।

बोर्डले स्मिथको प्रतिबन्ध आजबाट पूर्णत: हटेको जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नेतृत्व लिन अब कुनै अप्ठेरो नरहेको जनाएको हो । स्मिथ कप्तानबाट हटेसंगै कंगारु टोलीको टेष्टतर्फ टिम पाईने र एक दिवसीय र ट्वान्टी–२० तर्फ एरोन फिन्चले सम्हाल्दै आएका थिए । 


प्रतिक्रिया