शीर्ष स्थानको वार्यनलाई १० अंकको अग्रता

जेष्ठ १८, २०७७ | एजेन्सी

जर्मन बुण्डेश लिगा फुटबलमा लिग लिडर वार्यन म्युनिखले उपाधि यात्रा बलियो बनाएको छ । २९ औ चरणको खेलमा गएराती डुसेलडर्फलाई ५–० ले हराउँदै वार्यनले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको हो । 

२९ खेलबाट वार्यनको ६७ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक छ । घरेलु मैदानमा वार्यनलाई फराकिलो जित दिलाउन रोर्बट लेवान्डोस्कीले २ तथा बेन्जामिन पाभार्ड र अल्फान्सो डाभिसले एकएक गोल गरे । अर्को गोल उसले उपहार स्वरुप प्राप्त गरेको थियो ।

खेलको १५ औ मिनेटमा उपहार गोलबाट अग्रता बनाएको वार्यन म्युनिखले २९ औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । पाभार्डले टोलीलाई २–० को अवस्थामा पुर्‍याए ।   

४३ औ मिनेटमा लेभान्डोस्कीले गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० ले अघि बढाएका थिए । उनैले ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोली बलियो अवस्थामा पुगेको थियो । त्यसको २ मिनेटपछि युवा खेलाडी डाभिसले गोल गर्दै टोलीलाई ५–० को शानदार जित दिलाए । गएराती नै हाफिनह्याम, वार्डर ब्रेमेन, हेर्था बर्लिन र फ्रयाङफर्ट विजयी भएका छन् । 


प्रतिक्रिया